नियम १९
काउन्सिलका सदस्यले राजीनामा गरेमा वा खाली भएमा गर्ने

(१) काउन्सिलको कुनै सदस्यले आफ्नो पदबाट राजीनामा गर्न चाहेमा निर्वाचित सदस्यले अध्यक्ष समक्ष र नेपाल सरकारबाट मनोनित सदस्यले अध्यक्ष मार्फत नेपाल सरकार समक्ष राजीनामा दिन सक्नेछ ।
(२) कुनै सदस्यको स्थान निजले राजिनामा दिएर, निजको मृत्यु भएर वा ऐन बमोजिम सदस्य रहन नसक्ने कारण परी रिक्त हुन गएमा निजले काउन्सिलको सदस्यता अघि जसरी प्राप्त गरेको थियो त्यसै गरी सो रिक्त स्थानको पूर्ति यथाशीघ्र गरिनेछ ।